सहकारीको गतिविधि समुदायको आर्थिक उन्नतीमा केन्द्रित हुनुपर्नेमा जोड

खबरपथ संवाददाता
१९ भाद्र २०७९, आईतवार १२:४५

बुटवल । लुम्विनी प्रदेश सभा सदस्य तुलाराम घर्तीमगरले सहकारीको गतिविधि समुदायको आर्थिक उन्नतीमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड्को शनिबार बुटवलमा सम्पन्न १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै घर्तीमगरले सो कुरामा जोड दिनुभएको हो । उहाँले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुको जीवनसंग जोडिन आवश्यक रहेको औल्याउनु भयो । सहकारीहरुले नाफा मात्र कमाउने उदेश्य नराखी आफ्ना सदस्यहलाई अपनत्व महसुस हुने गरि सुख—दुःखको सहयात्री बन्न सक्नुपर्ने उहाँको भनाई थियो । सो अवसरमा नेपाल मगर संघ लुम्विनी प्रदेश उपाध्यक्ष धनी आलेमगर, कानुङ साकोसका सल्लाहकार दील बहादुर थापा, जनप्रतिनिधिहरु सुनिता खड्लुक, झविन्द्र थापा र देवेन्द्र कुमार थापा, लेखा समिति संयोजक दान बहादुर थापा, शिक्षा उपसमिति संयोजक ठमी थापा, शेयर सदस्यहरु कृष्ण बहादुर पुन, सिता काउचा पुन लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा असल शेयर सदस्य, शेयर सदस्यका मेघावी विद्यार्थीहरु, कर्मचारी सरस्वती पुलामी लगायतलाई सम्मान गरिएको थियो । बुटवल आदर्शनगरबाट सेवा दिदैं आइरहेको तथा रुपन्देही जिल्लाभरी कार्यक्षेत्र रहेको कानुङ साकोसको १४ औं वार्षिक साधारण सभाले साकोसका अध्यक्ष टोप बहादुर थापाले प्रस्तुत गर्नु भएको प्रतिवेदन र कोषाध्यक्ष युवराज काउचाको आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । १ करोड ९० लाख ९४ हजार १ सय ३६ रुपैयाँ कुल चुक्ता शेयर पुँजी रहेको कानुङ साकोसमा १५ सय ६४ जना शेयर सदस्यहरु आबद्ध रहेका छन् । कार्यक्रम संस्थाका उपाध्यक्ष ईन्द्रा वलाल गुरुङको स्वागत तथा सचिव वेनप्रसाद थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कानुङ साकोसका संस्थापक अध्यक्ष इन्जिनियर हिरा बहादुर भलामीमगर हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*