भलवारीको हाटबजारलाई थप ब्यवस्थित गर्नुपर्नेमा जोड

खबरपथ संवाददाता
३ फाल्गुन २०७९, बुधबार १३:४९

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारीमा रहेको हाटबजारलाई थप ब्यवस्थित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
हाटबजारलाई थप ब्यवस्थित गर्न हाटबाजरको क्षेत्रफल बढाउनुपर्ने, शौचालय, विद्युत, बाटो बिस्तार तथा स्टलहरुको ब्यस्थापनमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । तिलोत्तमा उद्योग ब्यापार संगठन रुपन्देहीले बुधबार आयोजना गरेको हाटबजारका समस्या र समाधानबारेको अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन ।

तिलोत्तमा उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष प्रेम बहादुर घर्ती (जीएम) को अध्यक्षतामा भएको कार्यक्रममा हाटबजार ब्यवसायी, ठेकेदार, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ७ का वडा अध्यक्ष देवि प्रसाद रेग्मीले हाटबाजरका समस्या समाधन गर्न आफूले सक्दो प्रयास गर्ने बताए । तिलोत्तमा नगरपालिकाका राजश्व शाखाका इन्द्र सापकोटाले पनि हाटबाजर ब्यवसायीले उठाएका जायज मागहरु सम्बोधन गरिने उल्लेख गरे ।
कार्यक्रममा सरोकारवाला तथा जनप्रतिनिधिहरु राजु ढकाल, केदार अधिकारी, परशुराम पाण्डे, विष्णु प्रसाद रेग्मी, लवशन गुरुङ, जमुना लम्साल, विवश थापा, कृष्ण गुरुङ, गिरिराज पन्थी, हेमराज पौडेल, लोकनाथ पाण्डे, दिनमणी पंगेनी, खगेश्वर पाठक, युवराज पराजुली लगायतले धारणा राख्दैै हाटबाजारका समस्या र समाधानबारे चर्चा गरे । उद्योग ब्यापार संगठनको बार्षिक कार्यक्रम अनुसार अन्तरक्रिया गरिएको संगठनका अध्यक्ष प्रेम जीएमले बर्ताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*