प्युठानमा पन्चेबाजा तालिमको उदघाटन
प्युठान । प्युठान नगरपालिका वडा नं ९ मरन्ठाना पाखाचिति ठुलखर्कमा नौमति पन्चैबाजा बजाउने तालिमको
एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । एक महिना सम्म चल्ने तालिममा १५ जना बाध्यबादकहरुको सहभागिता रहेको छ जसमा १० जना महिला र ५ जना पुरुषको सहभागीता रहेको छ । नौमति बाजा प्रति चासो राख्ने र संस्कृति बचाउदै स्वरोजगार बनाउने उद्देश्यका साथ वडा कार्यालयले यो तालिम संचालन गरेको प्रमुख अतिथि निवर्तमान वडा अध्यक्ष निहरसिंह के.सि. ले बताउनुभयो । गाउँमा हुने शुभबिबाह, पुजा, ब्रतबन्ध, र्यालिहुँदा पन्चैबाजा बजाउने बाध्यबादकहरु नपाइने र बजाउदै आएका बाध्यबादकहरुले पनि अन्य पेसा ब्यबसाय गर्न थाले पछि पन्चेबाजा लोप हुन लागेको जनप्रतिनिधि कृष्ण जिसिको भनाई रहेको थियो।

घरायसी काम सकेर दिउँसोको समयमा बाजा तालिम लिन पाउँदा खुसि लागेको प्रशिक्षार्थी रेखा सुनारको भनाई रहेको छ। पछिल्लो समय महिलाहरुमा नौमति बाजा प्रति चासो बढेको र राष्ट्रिय बाजा संरक्षणमा लागि परेको साथै सबै जाति बर्ग समुदायले यस बाजा प्रति महत्त्व दिएर जागरुकता देखाउनु भएको छ। यो हुनु निकै राम्रो हो प्रशिक्षक अनिल पहाडीले बताउनु हुन्छ। रुपन्देही सैनामैनाबाट तालिम प्रशिक्षण गराउन आउनु भएका प्रशिक्षक पहाडीले यस अघि दाङको गडहवा र प्युठान कै क्वाडि मा नौमति बाजा बजाउने तालिम दिएर ब्यवसायिक रुपले बाजा बजाइरहेको समेत जानकारी दिनुभयो। तालिममा नगरा ताल , मंगलधुन, तिन ताल, चुडका नाच, सराय नाच र ख्यालि नाच ताल सिकाईने छ ।
उदघाटन कार्यक्रम वडा नं.९ का वडा अध्यक्ष विकाश के.सि.को अध्यक्षता,बिभिन्न राजनितीक दलका प्रतिनिधि वडा जनप्रतिनिधि तथा समाज सेवि व्यक्तिहरुको आथित्यता रहेको थियो । सचिब अस्मिता खडकाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





















