रुपन्देहीको योगिकुटिमा म्याथ्मेटिक्स इन स्टृट सम्पन्न
बुटवल । नेपाल गणित समाज लुम्विनी च्याप्टरको आयोजनामा mathematics in street कार्यक्रम रुपन्देही जिल्लाको योगिकुटीचोक (खानेपानी ट्याङ्की अगाडि)मा
सम्पन्न भएको छ। नेपाल गणित समाज लुम्विनी च्याप्टरका सभापति गोपाल प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सर्ब साधारण पथिकहरु, स्कुल र कलेजका विद्यार्थीहरु बिभिन्न अफिसका कर्मचारीहरु,स्कुल कलेजका शिक्षक लगायतको उल्लेख्य सहभागिता रहेको थियो। गणितका अवधारणालाई ब्यबहार संग जोड्ने र मनोरञ्जनात्मक तरिकाले गणित आम जनसमुदायको सान्निध्यमा पुर्याउने उद्देश्यले आज एकैसाथ विश्व व्यापी रुपमा संसारभर उक्त कार्यक्रम आयोजना गरिएको र लुम्बिनि च्याप्टरले आयोजना गरेको यो कार्यक्रम त्यसैको अंश भएको कुरा समाजका अध्यक्ष आचार्यले बताए।उक्त कार्यक्रममा गणित संग सम्बन्धित विभिन्न प्रकारका खेलहरुको प्रतिश्पर्धा गराइएको थियो।

समाजका सचिव थानेश्वर भण्डारी द्वारा संचालित उक्त कार्यक्रममा कोषाध्यक्ष दिपक ज्ञवालीले संयोजन गरेकाथिए।उक्त कार्यक्रममा शंकरनगर खानेपानी संस्थाका कार्यालय प्रमुख दिपक पाण्डे, संस्थाका सल्लाहकार शेषराज शर्मा भट्टाराई र तुल्सि सापकोटा तथा सम्पुर्ण कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो।





















