एउटै बामपन्थीपार्टी बनाउने अभियानमा लागेका छौ : नेता पुन

खबरपथ संवाददाता
१७ भाद्र २०८०, आईतवार १२:४४

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का स्थायीकमिटी सदस्य एबं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले देशमा एउटै बामपन्थी पार्टी बनाउने अभियानमा लागेको बताएका छन । नेकप माओवादी केन्द्रले देशव्यापी रूपमा संचालनगर्ने तीनमहिने ‘जनतासँगमाओवादी विशेष रुपान्तरण अभियान’ को बुटवल उपमहानगरपालिका वडा नं ३ मा उद्घाटन गदै उनले एउटै वामपन्थी पार्टी बनाउने अभियान कै क्रममा समाजवादीमोर्चा निर्माण भएको तर्क गरे । उनले नयाँ ढंगको पार्टी निर्माण अहिलेको आवश्यकता रहेको बताए । उनले पार्टीका नेताकार्यकर्तालाई समेत रुपान्तरित हुन अभियानले प्रेरित गर्ने बताए । नेतापुनले मुलुकमा माओवादीले उठाएका एजेण्डा स्थापित भइसकेको बताउदै पार्टीमा रहेका कमिकमजोरी औल्याउदै सबै अटने माओवादी बनाउन देशभर जनतासंग माओवादी अभियान चलाइएको बताए । पुर्वमन्त्री समेत रहेका नेतापुनले बर्तमान सरकारले सुसासनको पक्षमा गरेकाकार्यहरुको प्रसंशा गदैति कार्यहरु जनतासंग पु–याउन नेताकार्यकर्तालाइ आग्रह गरे । उनले पार्टीको संगठन निर्माण र जनताक ाकाम संगसगै गर्नुपर्ने तर्क समेत गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश सदस्य खिमनारायण पराजुली, बुटवल उपमहानगर पालिकका बडानं ३ का अध्यक्ष बिष्णु ढकाल , माओवादी केन्द्रका बुटवल उपमहानगरपलिका वडानं ३ का अध्यक्ष जगबहादुर श्रेष्ठ, इन्चार्ज जितेन्द्र खत्री, बहुमुखी आश्रीत टोल बिकास संस्थाका अध्यक्ष तोयनाथ भण्डारी लगायतले बोल्दै पार्टीले सन्चालन गरेको यस अभियानले कार्यकर्तामा नया उत्साह थप्ने र ०८४ को आम चुनावमा पहिलो पार्टी बनाउन क्रियासिल रहने र बनाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि माओबादीमा प्रबेश गरेका दर्जनौलाइ पार्टी स्थायी कमिटि सदस्य गणेशमान पुनले टिका खादा लगाएर स्बागत गरेका गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*