नेपाल नियमित रक्तदाता संघका संस्थापक अध्यक्ष स्व.सरोज सिलवाल बन्दीको १६ औ स्मृति दिवसमा रक्तदान तथा दिप प्रज्वलन

बुटवल । नेपाल नियमित रक्तदाता संघका संस्थापक अध्यक्ष स्व.सरोज सिलवाल बन्दीको १६ औ स्मृति दिवसमा मंगलबार रक्तदान तथा दिप प्रज्वलन गरिएको छ । कार्यक्रममा स्व.सरोज सिलवाल बन्दी प्रति दिप प्रज्वल गरी श्रद्धा सुमन अपर्ण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अथिति संघका कानुनी सल्लाहकार दामोदर घिमिरेले रगत अभावमा रहेका विरामीहरुलाई सहयोग गर्न स्वयंसेवि रक्तदाताहरुलाई संगठित गर्दे गठन भएको पहिलोे संस्था भएको दाबी गर्नुभयो । उहाँले संंस्थाले गरेको कार्यको प्रसंसा गर्दे स्व.सरोज सिलवालले देखाएको बाटो, उहाँले सोचेको समना र मार्ग दर्शनलाई आत्मसाथ गर्दे अगाढी बढन् स्मति दिवसले प्रेरणा मिलोस भन्ने सुबेक्षा प्रकट गर्नु भयो ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष दया सिलवालले रगतको अभावमा कसैको मृत्यु नहोस भन्ने अभिप्रायले संस्था अगाडी बढेको बताउनुभयो । उहाँले स्व. सरोज सिलवाल प्रति श्रद्धासुमन प्रकट गर्दे स्व. सरोज सिलवाल बन्दीले वि.स.२०६१ सालमा नेपालको पहिलो आधिकारीक सस्था स्थापना गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा संघका केन्द्रिय सचिव मन्जु गिरीले टोल टोलमा रक्तदान एक घर एक रक्तदाता हाम्रो अभियान भन्ने उद्धेश्यका साथ संस्थाले प्रत्येक टोल स्थानिय तहमा नया रक्तदाताहरुलाई जोड्दै विरामीको उच्चतम सेवामा अगाडी बढेको बताउनुभयो । उहाँले बुटवलमा रगतको अभाव नहोस भन्ने हेतुले प्रत्येक महिनाको दोस्रो शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिरहेको बताउनुभयो ।
कार्यक्रममा संघका जिल्ला अध्यक्ष अशेष शिलवालले रगत अभावमा सधै नियमति रक्तदाता संघ रहेको बताउनुभयो । उहाँले रक्तदानका लागी सबै अगाढी बढौं भन्ने मुलनाराका साथ स्थापना गर्नुभएको नेपाल नियमित रक्तदाता संघका संस्थापक अध्यक्ष स्व.सरोज सिलवाललाई संघको र परिवारको तर्फबाट श्रद्धासुमन प्रकट गर्नृुभयो ।
रगतको अभावका कारण कसैको पनि मृत्यु नहोस भन्ने संकल्पका साथ स्व. सरोज सिलवाल बन्दीको अध्यक्षतामा वि.स.२०६१ सालमा नेपालको पहिलो आधिकारीक सस्था स्थापना गर्नुभएको थियो ।
रक्तदानको महाअभियान शुरु गर्नुभएका स्व. सिलवालको सम्झनामा मंगलबार बुटवल र भैरहवामा दिपप्रज्वलन गरि उहाँ प्रति उच्च सम्मान प्रकट गरिएको थियो ।