मदाने युवा क्लबको चौधौं वार्षिकोत्सब विविध कार्यक्रम गरी मनाइने

खबरपथ संवाददाता
१ आश्विन २०८०, सोमबार १९:२१

गुल्मी । मदाने युवा क्लबले आफनो चौधौं वार्षिकोत्सब विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

मदाने गाउँपालिका वडा नम्बर २ मा स्थापना भएको क्लबले आगामी कार्तिक ९ देखि ११ गते सम्म चौधौं वार्षिकोत्सव मनाउने तयारी गरेको हो । क्लबले दर्ता भए देखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

`विकास,अनुशासन,गतिशीलता हाम्रो प्रतिबद्धता´ भन्ने नारा लिएर स्थापित क्लबले मदाने गाउँपालिका वडा स्तरीय पुरुष भलिबल ,फुट्सल र विविध सास्कृतिक कार्यक्रम आयोजना गरेको कल्बका अध्यक्ष जय प्रकाश भुसालले जानकारी दिनुभयो  ।

युवाहरूलाई एकताबद्द गरी समाज विकासमा आवद्द गराउने उदेश्यले वडाका सम्पुर्ण युवाहरुलाई समेटेर क्लब गठन गरि प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सब मनाउदै आएको उहाँको भनाई छ ।  आगामी दिनमा युवालाई बिकृती र बिंसगतिबाट बचाउदै समाज विकासमा लाग्न प्रेरणा दिने प्रमुख लक्ष्य रहेको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम संचालनको लागि अहिले विभिन्न सहयोगदाताबाट सहयोग संकलन गरिरहेको क्लबका उपाध्यक्ष शिशिर भुसालले बताउनुभयो । क्लबले गएका वर्षहरुमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको र कोभिडको बेला स्वास्थ्य सामाग्री वितरण गरेर स्वास्थ सेवालाई समेत मजबुत बनाउन सहयोग पुर्याईएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम मदाने २ मा रहेको श्री बाँझकटेरीमेघगङ्गा मा वि को प्राङ्गणमा संचालन गरिने क्लबका सचीव विक्रम जिएमले जानकारी दिनुभयो । कल्बको चौधौं बार्षिकोत्सवलाई ब्यवस्थीत र भब्य बनाउनको लागी कल्वले बिभिन्न समिति तथा उपसमिति समेत गठन गरेर तयारीमा जुटेको समेत उहाँले जानकारी दिनुभएको छ । क्लबले अहिले सहयोगदाता,सहकार्य तथा प्रचारप्रसारलाई तिब्र पारेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*