रुपन्देहीमा एक वर्षमा ६ सय ५२ मानवअधिकार ज्याजतिका घटना सार्वजनिक
रुपन्देही । रुपन्देहीमा एक वर्षमा ६ सय ५२ मानव अधिकार उल्लंघन तथा ज्याजतिका घटना सार्वजनिक गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ का लागि सङ्कलित घटनाहरुको वार्षिक समीक्षा नेपाल मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायहरुसँगवीचमा बुधवार सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बि.सी.ले सन् २०२३ मा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका ६ सय ५२ ओटा घटनाहरु सार्वजानिक गर्नु भएको थियो ।
जसमा बालबालिका सम्बन्धी बलात्कारका ४९ वटा, यौन दुरव्यवहारका १६ वटा गरी जम्मा ६५ वटा,महिला सम्बन्धी बलात्कार १८ वटा र बलात्कार प्रयास ११ वटा गरी जम्मा २९ वटा गरी जम्मा ९४ जना पीडित रहेका छन् ।
त्यस्तै मानव बेचविखन तथा ओसार पसारका ७ वटा, पारिबारिक हत्या ७ वटा, बालक हत्या परिवार १ जना, अपहरण तथा शरिर बन्धक १, बहुविवाह १५ जना, जवरजस्ती गर्भपतन १ जना, नागरिक तथा राजनीतिक अधिकार १ जना, बोक्सीको नाममा झारफुक गर्दा १ जनाको मृत्यु, लैगिंक हिंसा तथा घरेलु हिंसाबाट ५ सय २८ जना पीडित रहेको इन्सेकले अभिलेख ग¥यो । यो वर्ष हिंसामा परियो भनेर २९ जना पुरुषहरु पनि इन्सेक रुपन्देहीमा आएको बताउनुभयो ।
कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले इन्सेकले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि आएको कामको प्रसंशाा गर्दे इन्सेकले प्रकाशन गर्ने पुस्तक तथा प्रतिवेदन मानव अधिकारको क्षेत्रमा अध्ययन गर्नेका लागि स्रोत पुस्तिकाको रुपमा प्रयोग गर्न सकिने भएकोले यस्ता प्रकाशनहरु तथ्यपरक हुनुपर्ने बताउनुभयो ।
उहाँले वर्ष पुस्तकले खाद्य अधिकारको सवालमा जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकमा नियमित अनुगमन गरिरहेको बताउदै मानवअधिकारको संरक्षण, प्रवद्र्धन र परिपूर्तिका लागि संवेदनशिल भएर लागेको बताउदै प्रहरीले कुनै पनि मानव अधिकार उल्लंघन र ज्याजतिका घटनाहरुका विषयमा कुनै प्रहरीले उजुरी दर्ता गर्देन भने यस्तो कार्य गर्नेलाई कारवाही गरिने बताउनुभयो ।
जिल्ला समन्वय समितीका उपप्रमुख राम कृपाल धोवीले समाजमा यति धेरै समस्या भएपनि कसैको नाम लिएर सुझाव दिंदा रिसाएर प्रतिसोध साध्ने भएकोले यस्ता विषयमा कोही पनि नबोलेको बताउनुभयो । उहाँले कतिपय जनप्रतिनिधि र कर्मचारीको बदमासीले गर्दा पनि नागरिकहरुले विभिन्न खालका समस्याहरु भोग्नु परेकोले यो यस्ता विषयमा पनि इन्सेकले ध्यान दिनुपर्ने बताउनुभयो ।
अर्का सहायक प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर कुबँरले मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि प्रशासनले मानव अधिकारमैत्री सेवा र नागरिकले अनुभूति गर्ने खालका सेवा प्रवाहमा लागि परेको बताउनुभयो । सहायक प्रजिअ कुवँरले इन्सेक मानवअधिकार सम्बन्धी अध्ययन गर्नेहरुका लागि स्रोत केन्द्रको रुपमा स्थापित संस्था भएकोले आफुले पनि लोकसेवा अध्ययन गर्दा इन्सेकका धेरै प्रकाशनहरुको अध्ययन गरेको बताउनुभयो । सहायक प्रजिअले भन्नुभयो हामीहरु मानवअधिकारप्रति संवेदनशिल छौ । यसका लागि सबैले आ आफ्नो जिम्मेवारी पूरा गरौ यति भए मानवअधिकारको संरक्षण हुने बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सोमनाथ सुवेदीले सबैले आआफ्नो जिम्मेवारीको तहमा बसेर इमान्दारीताका साथ काम गर्यो भने सबैको मानवअधिकार संरक्षण र सम्मान हुने भएकोले यस्ता खालका समिक्षाहरुले मानवअधिकारको संस्कारमा विकास पुरयाउनका लागि बल पुग्ने बताउनुभयो ।
बरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले इन्सेकले लामो समयदेखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाश गर्दे आइरहेकोले वर्ष पुस्तकमा अघिल्लो वर्षका घटनाहरुको कार्यान्वयनको अवस्था र घटना संकलनको अवस्था मात्र नभइ यसको कार्यान्वयनको लागि के गर्न सकिन्छ भन्ने विषयमा वर्ष पुस्तकमा समेट्नु पर्ने बताउनुभयो । उहाँले नागरिकहरुले राष्टियताको सवालमा विभिन्न समस्या भोग्दै आइरहेकोले यस्ता विषयहरुमा पनि इन्सेकले बहस र पैरवीहरु बढाउनुपर्ने बताउनुभयो ।
नेकपा एमाले रुपन्देहीका उपसचिव हितराज पन्थीले इन्सेकले बनाउने प्रतिवेदन तथ्यपरक, विषय केन्द्रित, समिक्षात्मक, तुलनात्मक, विश्लेषणात्मक र प्रतिशतका हिसाबले आधार बनाएर अगाडी बढन आग्रह गर्दे यस्ता समिक्षा कार्यक्रमले राजनीतिक दलहरुले मानवअधिकारमैत्री संस्कारको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि सचेत गराएको भन्दै मानवअधिकारप्रति सचेत र संवेदनशिल भएको बताउनुभयो ।
नेपाली काग्रेसका प्रतिनिधि हरि प्रसाद काफ्लेले मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि आफनो पार्टी संवेदनशि भएर अगाडी बढने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा शिक्षा समन्वय इकाई कार्यालयका शिक्षा अधिकृत विष्णु प्रसाद बेल्बासेले संघिय शिक्षा ऐन नभएकोले शिक्षाको क्षेत्राधिकार सम्बन्धी केही अलमल भएको स्वीकार गर्दे इन्सेकले अभिलेख गर्ने तथ्यांकले तथ्यंक विषयहरुलाई जोड दिएर वर्षपुस्तकले सुधा लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मी मनिला न्यौपानेले लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका विषयमा समस्या भोगिरहेको भन्दै यस्ता विषयमा अझ सक्रिय संवेदनशिल हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुद्र जिसीले वर्ष पुस्तकले मानवअधिकारको समग्र अवस्थाका विषयसँगै सडक दुर्घटनाका विषय, खाद्य सुरक्षा र सुद्धता बनाउने कुरामा ध्यान दिने, सेवाग्राहीलाई गर्ने व्यवहार, स्पा क्षेत्र र मनोरञ्जन क्षेत्रमा विभिन्न समस्या भएकोले सो विषयमा पनि अनुगमन गर्न इन्सेकलाई आग्रह गर्नुभयो ।
अधिकारकर्मी भुमीराज भट्टराईले श्रमजीवि र मजदुरका सवालहरुका विषय र यातायात क्षेत्रमा पनि इन्सेकले अनुगमन गरेर लक्षित वर्गले पाउने सिटका विषयमा पनि आवाज उठान गर्न आग्रह गर्नुभयो ।
अपांगता अधिकारकर्मी सावित्रा घिमिरेले साक्षरता घोषणा भएको यति लामो समय हुँदा पनि अपांगता भएका व्यक्तिहरुले शिक्षाको अनुभूति गर्न नपाएको भन्दै अपांगता भएका व्यक्तिहरुले कहिले न्याय पाउँछन यस्ता विषयमा पनि इन्सेकले बहस चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा माइती नेपालका प्रमुख माया क्षेत्रीले समाजमा मानवअधिकारको अवस्था सुधार हुनुनको सट्टा सधै उस्तै समस्याहरुको विषयमा छलफल गर्ने परिपार्टी हटाउनुपर्ने बताउनुभयो । सिविन बाल हेल्पलाइनका प्रमुख विष्णु पौडेलले बालबालिकाको क्षेत्रमा काम गर्दा उनीहरुका जन्म दर्ताको अवस्था र आफन्तबाटै यौनजन्य हिंसाका घटनाहरु बढी रहेकाले यस्ता हिंसाबाट पीडितलाई कसरी न्यायमा पुरयाउन सकिन्छ सो विषयमा पनि इन्सेकलाई ध्यान दिन आग्रह गर्नुभयो ।





















