मायादेवीमा दानवापत १ करोड ६ लाख संकलन

खबरपथ संवाददाता
२० पुष २०८०, शुक्रबार २२:०७

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ ।
आर्थिक वर्ष २०८०/८१ अन्तर्गत दोस्रो पटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले बताए ।
सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा पुस १७ गते दानपेटिका खोलिएको थियो ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको छ । दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाईएको छ ।

पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटक बढ्न थालेका छन । यसअघि कार्तिकमा खोलिएको यो आर्थिक वर्षको पहिलो दानपेटिका गणनाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*