सुनको मूल्य प्रतितोला १ लाख ३० हजार

खबरपथ संवाददाता
१६ चैत्र २०८०, शुक्रबार १३:२०

काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख ३० हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३० हजार कायम भएको बताएको छ । बिहीबार तोलाको १ लाख २७ हजार ९०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० मा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ लाख २७ हजार ३०० मा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*