प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

खबरपथ संवाददाता
३ बैशाख २०८१, सोमबार २०:०३

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश गरिएको छ ।

सङ्‍घीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टताहरू हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता ल्याउन विद्यमान कार्यविस्तृतीकरण परिमार्जनका लागि गठित कार्यविस्तृतीकरण परिमार्जन सिफारिस  समितिका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन प्रसाद पोखरेलज्यूले  प्रतिवेदन तयारी सम्बन्धमा संक्षिप्‍त जानकारी सहित सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रतिवेदन पेश गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार आयोजित उक्त कार्यक्रममा  नेपाल सरकार मुख्य सचिवज्यू, कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक  तथा सदस्यज्यूहरूका साथै विषयगत समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिवेदन ग्रहण पश्‍चात् कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिवेदनमाथि यथाशीघ्र उच्चस्तरीय समितिमा थप छलफल गरी राष्ट्रिय समन्वय परिषद्‍बाट निष्कर्षमा पुर्‍याउन निर्देशन दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*