धनकुटामा माइक्रो बस दुर्घटना , १९ जना घाइते

खबरपथ संवाददाता
८ बैशाख २०८१, शनिबार १६:४५

धनकुटा ।  धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ ।

काठमाण्डौबाट संखुवासभा  तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं काे माईक्रो बस राती २:१५ बजे तिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि १९ जना घाईते भएका  छन् । उनिहरु सबैको उद्दार गरि  ९ जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।  उनिहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ  ।

घाईते मध्ये केहीको उपचार पछि डिस्चार्ज भईसकेको मुलघाट प्रहरी चौकीले जनाएको छ ।

अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको माईक्रो बस निकाल्ने प्रयास भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*