उपनिर्वाचनमा मतदान गर्न के के प्रमाणपत्र चाहिन्छ ?

खबरपथ संवाददाता
११ बैशाख २०८१, मंगलवार ०१:४१

काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वचनमा मतदाताको पहिचान गर्ने प्रमाणपत्र बारे निर्णय गरेको छ ।

आयोगले इलाम- २ र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनमा आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्‍कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*