स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ

खबरपथ संवाददाता
२८ बैशाख २०८१, शुक्रबार १७:३५

काठमाडौं- काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही सियार गाउँपालिका-७ घर भएका २८ वर्षीय समिर सुना र सोही ठाउँका २९ वर्षीय मिलन विक रहेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिका-५ मालिगाउँ क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट प्रहरीले ९८ लाख रुपैयाँ स्रोत नखुलेको नगद बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

बा१३ च ४८५८ नम्बरको इको स्पोर्ट गाडीमा सवार उनीहरूको साथबाट नगद बरामद भएको रेग्मीले बताए।

दुबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*