दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

खबरपथ संवाददाता
२ जेष्ठ २०८१, बुधबार २०:३९

दाङ । बबई नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ। बबई गाउँपालिका–७ ओदालेस्थित बबई नदीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुबेर बबई-५ हापुरेका १६ वर्षीय दिपेश परियार र उनका दाजु १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

दीपकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा र दिपेशको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक नवचन्द्र मल्लले बताए। उनीहरू फुपूको घरमा गएको बेला पौडी खेल्न बबई नदीमा पुगेकोमा उनीहरूको डुबेर निधन भएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*