सुर्खेतमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

खबरपथ संवाददाता
१७ जेष्ठ २०८१, बिहीबार १०:२७

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको भएको छ बहने ५ जना घाइते भएका छन् ।

जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार जीप राति दुर्घटना भएपनि बिहान मात्र उद्धार कार्य भएको थियो । जीपमा १० यात्रु रहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*