सुन तोलाको ६ सय रूपैयाँ बढयो

खबरपथ संवाददाता
२९ माघ २०८१, मंगलवार ११:४५

काठमाडौं । सुनको मुल्यमा बृद्दी भएको छ । आज नेपाली बजारमा सुनको मुल्य ६ सय रूपैयाँले बृद्दी भएको हो ।

जस अनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

उता, चाँदीको मुल्य भने केही घटेको छ । जस अनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*