सुन तोलाको २२ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट

खबरपथ संवाददाता
१६ फाल्गुन २०८१, शुक्रबार १४:१२

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा २२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला १ लाख ७० हजार ३ सयमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*