धकधईमै आँखाको उपचार

खबरपथ संवाददाता
२५ असार २०७६, बुधबार १२:०७

भैरहवा। रोहिणी गाउँपालिकाको सदरमुकाम धकधइर्म अब आँखा तथा काँनका रोगीहरुको उपचार हुने भएको छ ।
रोहिणी गाउँपालिकाका तथा नेपाल नेत्र ज्योती संघ लुम्बिनी नेत्र बिज्ञान तथा अध्ययन संस्थान रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पतालको संयुक्त प्रयासमा अन्ततः स्थानियले अब धकधईमै आखाँ र कानको प्राथमिक उपचार पाउने भएका हुन । मंगलबार एक कार्यक्रमका बिच नेत्र ज्योती संघका केन्द्रिय महासचिव श्याम कुमार पोखरेलले धकधईमा प्राथमिक आँखा उपचार केन्द्रको उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा बोल्दै पोखरेलले नेत्र ज्योती संघको मूख्य उद्देश्य नै आँखाको रोगको निदान गर्नु रहेको बताए । उनले नेत्र ज्योती संघले नेपाल भरि १८ वटा अस्पताल तथा धकधईको समेत गरि ८७ वटा प्राथमिक आँखा उपचार केन्द्रबाट नेपालीलाई आँखाको बिभिन्न रोग सम्बन्धि रपचार गरि रहेको बताए । उनले भैरहवा स्थित रण अम्बिका शाह आँखा अस्पतालमा अब चाडै नै काँनको पनि सम्पूर्ण उपचार हुने गरि सुविधा थप गर्ने योजना रहेको सुनाए । धकधईमा स्थापना भएको प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप हेरी यसलाई सर्जिकल सेन्टरको रुपमा विकास गरिने उनले प्रतिवद्धता जनाए ।
यसै गरि कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले आँखा उपचार केन्द्रमा रोहिणीका सबै राजनैतिक दल देखी बिभिन्न संघ संस्था एक ढिक्का भएर लागेको कारण केन्द्र स्थापना भएको बताए । उनले लामो समय देखी धकधईमा आँखा अस्पताल स्थापना गर्ने स्थानियहरुको सपना अहिले आएर पुरा भएको बताए । अस्पताल स्थापना भएर मात्र नभई यसको संरक्षण तथा प्रर्वद्धनको लागी गाउँपालिकालाई सबैको सहयोग चाहिएको उनले बताए । बिशेष गरि रोहिणी, ओमसितया गाउँपालिका, रामग्राम नगरपालिकाका केही भाग र भारतीय सीमा क्षेत्रमा आँखा तथा कानका बिरामीलाई उपचार केन्द्रले सुविधा दिने उद्देश्य राखिएको उनले बताए । उनले उपचार केन्द्रमा चेकजाँच गराएका बिरामीको शल्यक्रिया गर्नु परे बिरामीको अवश्था हेरी गाउँपालिकाले समेत निजलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षता, नेपाल नेत्र ज्योती संघका केन्द्रिय महासचिव श्याम कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रण अम्बिका शाह आँखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणा, निमित्त प्रमुख नन्दा गुरुङ्ग, आजिवन सदस्य ताहिर अली, गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डे, स्थानिय अगुवा देवेन्द्र कुमार पाण्डे, प्रदिप कुमार पाण्डे, जय प्रकाश यादव, तारानाथ त्रिपाठी लगायतले बोलेका थिए । संघका जिल्ला सचिव गणेश बहादुर क्षेत्रीको सञ्चालन र रोहिणी गाउँपालिका वडा नमबर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*