सुनको मुल्य २७ सय रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार

खबरपथ संवाददाता
३ बैशाख २०८२, बुधबार १२:१४

काठमाडौं, ३ चैत । सुनको मूल्य फेरी पनि बृद्दी भएको छ।

साताको चौथौं दिन आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको छ ।

जसअनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदी भने १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*