आज सुनको भाउ १ सय रूपैयाँले बढयो

खबरपथ संवाददाता
१४ बैशाख २०८२, आईतवार ११:५७

काठमाडौं । आज सुनको भाउमा सामान्य बृद्दी भएको छ।

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सयले वृद्धि हुँदा चाँदीको भाउ भने घटेको छ ।

जसअनुसार आज सुन प्रति तोला एक सय रुपैयाँले वृद्धि भएर एक लाख ८९ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार गत शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साथै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*