लगइन एजुकेशन वुटवलमा स्नातक तह कानुन पढ्न चाहने बिद्यार्थीहरुलाइ B.A LL.B तयारी अभिमुखिकरण
वुटवल । गोलपार्कमा रहेको लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्क प्रा.लिले B.A LL.B तयारी गर्न इच्छुक विद्यार्थीहरुलाइ मध्यनजर गदै बिभन्न कानुनि क्षेत्रमा कार्यरत व्यक्तित्वहरुबाट उक्त B.A LL.B Entrance Preparation अभिमुखिकरण कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा उच्च अदालत तुलसिपुर वुटवल इजलासमा कार्यरत शाखा अधिकृत बसन्त राज ढुंगाना, अधिवक्ता तथा प्रध्यापक दामोदर घिमिरे, अधिवक्ता अनुप पोखरेल लगायत कानुन अध्ययनरत विद्यार्थीहरु बाट कार्यक्रम सम्पन्न गरेको हो ।
अभिमुखिकरण कार्यक्रमा ५० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । B.A LL.B Entrance Preparation को तयारीमा बसेका विद्यार्थीहरुको माग अनुरुप कार्यक्रम गरीएको र जेठ ११ गते देखि निरन्तर रुपमा कक्षा सञ्चालन हुने लगइन एजुकेशनका सञ्चालक अर्जुन खनाल ले जानकारी गराउनु भएको थियो ।
उक्त कर्यक्रमको सञ्चालन एवं समापन Motivational Speaker गणेश भण्डारी ले गर्नुभएको थियो ।





















