सुन ताेलामा १०० ले घटदा, चाँदी ५ रूपैयाँले बढयो
खबरपथ संवाददाता
२७ जेष्ठ २०८२, सोमबार १२:३७
काठमाडौं। आज सुनको मुल्यमा गिरावट देखिएको छ।
साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य एक सय रूपैयाँले घटेर प्रति तोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक लाख ९० हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।
उता, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।





















