नेकपा एसको सचिवालय बैठक जारी
खबरपथ संवाददाता
१३ असार २०८२, शुक्रबार १३:४६
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा सो बैठक सुरू भएको हो ।
अध्यक्ष माधवकुमार नेपाल माथी पतञ्जली जग्गा प्रकरणमा संलग्न रहेको भन्दै बिशेष अदालतले ३५ लाख धरौंटीमा रिहा गरे पछि पहिलो पटक बैठक बसिरहेको हो ।






















