भारतको जीडीपी ७.८ प्रतिशतले बढ्यो

खबरपथ संवाददाता
१७ फाल्गुन २०८२, आईतवार १०:३९

काठमाडौं ।  भारतको अर्थतन्त्रले अक्टोबर–डिसेम्बर अवधिमा ७.८ प्रतिशतको वृद्धि देखाएको छ । सरकारले जारी गरेको तथ्यांक अनुसार यो वृद्धि नयाँ जीडीपी शृंखलामा आधारित छ । जसले आधार वर्षलाई २०११–१२ बाट २०२२–२३ मा परिवर्तन गरेको छ । अघिल्लो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा अर्थतन्त्र ८.४ प्रतिशतले बढेको थियो । यो तथ्यांक नयाँ जीडीपी शृंखलामा आधारित पहिलो रिलिज हो । यसअनुसार उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रले अर्थतन्त्रको उत्कृष्ट प्रदर्शनमा प्रमुख भूमिका खेलेको छ यो मजबुत वृद्धिले भारतलाई प्रमुख अर्थतन्त्रहरू मध्ये सबैभन्दा छिटो बढ्ने मुलुकको रूपमा कायम राखेको छ । जसले घरेलु माग, सेवा क्षेत्र र उत्पादनको लचिलोपनलाई प्रतिबिम्बित गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*