आज प्रचण्ड – माधव पक्षको विरोध प्रदर्शन

खबरपथ संवाददाता
२८ माघ २०७७, बुधबार ११:४६

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले आज संसद विघटनको विरोधमा काठमाडौंमा विरोध सभा गर्दैछ ।

बुधबार भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्ड सहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न प्रचण्ड-माधवले गर्नेछन् ।

विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौं मा ओसारिएको छ । विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ ।

शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा स्वयंसेवकहरुले काठमाडौंमा मार्चपास गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*