कांग्रेसको भोली भैरहवामा बिरोधसभा, सभापति देउवाले सम्बोधन गर्ने

खबरपथ संवाददाता
२ फाल्गुन २०७७, आईतवार २०:४३

बुटवल । संसद विघटन विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गर्दैछ । यसै क्रममा नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा प्रदर्शनको तयारी गरेको छ । सोमबार हुने बिरोध सभामा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । आर्ईतबार पार्टी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी भोली हुने बिरोध प्रदर्शन तथा बिरोध सभाको सम्पूर्ण तयारी पुरा भएको र पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले संविधान र लोकतन्त्रको खिलापमा हुनेगरी भएको संसद विघटन मान्य नहुने बताउनुभयो । नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा गर्ने जिम्मेवारी पनि काँग्रेसकै भएकाले संविधानको रक्षाको लागि संघर्ष गर्नुपरेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टी जतिसुकै बलियो भए पनि नेपालमा कम्युनिष्ट राज्य सत्ता संविधानबाट स्थापित हुन नसक्ने दावी गर्नुभयो ।

सोमबारको सभामा सभापति देउवा सहित केन्द्रीय सदस्य तथा पूर्वमन्त्री, विघटीत प्रतिनीधि सभाका प्रमुख सचेतक खाँण, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी गराउनुभयो ।

‘जुटौं संसद् विघटनको असंवैधानिक कदमका विरुद्धमा, उठौं लोकतान्त्रिक संविधान रक्षाको पक्षमा’ भन्ने नाराका आयोजना गरिएको विरोध प्रदर्शन बिहान ११ बजे बुद्धचोकबाट सुरु हुने र नारायणस्थान, विद्रोही चोक, मिलनचोक, गल्लामण्डी हुँदै श्री रामजानकी हनुमान मन्दिरमा पुगेर सभामा परिणत हुने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*