संसद विघटनको मुद्धा अदालतमा बिचाराधिन रहेकाले कांग्रेस कसैको पक्षमा लाग्दैन – सभापति देउवा
बुटवल । नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुुर देउवाले अदालतको निर्णयलाई पार्टीले स्वागत गर्ने बताउनुभयो । नेपाली काँग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको पार्टी भएकाले अदालतले निष्पक्ष निर्णय दिन्छ भन्ने विश्वास काग्रेसलाई रहेको बताउनुभयो । सभापति देउवाले अदालत भन्दा ठूलो अदालत नभएको बताउँदै उहाँले अदालत भन्दा ठूलो अदालत जनताको अदालत भएको बताउनुभयो ।
नेपाली काग्रेस रुपन्देहीले सोमबार जिल्ला सदरमुकाम भैरहवामा आयोजना गरेको संसद विघटन विरुद्धको विरोध सभालाई सम्बोधन गर्दे सभापति देउवाले संसद विघटन बिरुद्धको मुद्धा सर्बोच्च अदालतमा बिचाराधिन रहेकाले कांग्रेस कसैको पक्षमा नलाग्ने बताउनुभयो । काँग्रेसले अदालतको निर्णयलाई पर्खेर बसेको समेत बताउनुभयो । उहाँले भन्नु भयो ठूलो जुलुस हेरेर अदालतले निर्णय नगर्ने बताउँदै जुलुस निकालेर निर्णय गर्ने भए अदालत के का लागी हो प्रश्न गर्नुभयो ।

सभापति देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएकोमा आशंका गर्नुपर्ने दिन आएको बताउनुभएको छ । निर्वाचन आयोगले किन अहिले सम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन चुनाव नगराउने हो भने भन्नुपर्यो चुनाव गराउँदिनँ भनेर चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन । कुनै पनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले संसद विघटनपछि पार्टीमा समेत विवाद आएको बताउँदै संसद पुनस्थापना भए संसदमा र पुनःस्थापना नभए चुनावमा जान नेपाली काँग्रेस तयार रहेको बताउनुभयो । सरकारले संसद विघटन गरेर चुनावको मिति समेत तय गरिसकेकाले निर्वाचन आयोगले अलमल नगरिकन तयारीको काममा लाग्न समेत आग्रह गर्नुभयो ।

संवैधानिक सबोच्चता र स्वतन्त्र न्यायपालिका नेपाली काँग्रेसले अख्तियारी गरेकोले न्यायालयले दिने निर्णयलाई पार्टीले स्वागत गर्ने बताउँदै सभापति देउवाले अदालतको निर्णय पर्खिन समेत नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले नेकपाको आधिकारिकताको विवाद टुङ्ग्याउनको लागि कसको भिड कस्तो छ भनेर हेर्न आवश्यक नरहेको बताउँदै कानुन अनुसार चाडो निर्णय गर्न आग्रह गर्नुभयो । ‘एउटा सूर्य दुईवटा पार्टीलाई दिन मिल्दैन होला ।’ उहाँले भन्नुभयो – ‘सूर्य चिन्हमा विवाद हुन्छ, दिन मिल्दैन भने अरु कुनै दिए हुन्छ ।’

सभापति देउवाले संविधान सभाको चुनाव गराएर राजा हटाए पनि अहिले कम्युनिष्ट नेताहरु राजा भन्दा पनि ठूला राजा बनेको आरोप लगाउनुभयो । उहाँले चुनाव अंगाडी कम्युनिष्ट सरकार आयो भने रुन पनि पाईदैन भनेको स्मरण गर्दै अहिले स्थिती ठिक त्यहि भएको बताउनु भयो ।
कार्यक्रममा पर्वूमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको दावी गर्दै प्रधानमन्त्री केपी ओलीलाई घुडा टेकाएरै छाड्ने बताउनु भयो । उहाँले कोभिड १९ महामारीको समयमा समेत छिमेकी मुलुकहरुले राहत प्याकेज ल्याएको बताउँदै नेपालमा कम्युनिष्ट सरकारले राहत प्याकेज ल्याउने भन्दा पनि स्वास्थ्य रामाग्रि खरिद गर्दा समेत भ्रष्टाचारमा डुबेको आरोप लगाउनु भयो ।
त्यस्तै काँग्रेस नेता तथा प्रतिनीधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनुभयो । ईतिहासमै यो सरकारले बिकास गरेको सरकारको दावी प्रति उहाँले भाट (उनको चुक्ली र चाप्लुसीमा रमाउने) हरुले मात्रै बिकास देखेको आरोप लगाउनु भयो ।

कार्यक्रममा प्रतिनीधि सभाका सदस्य प्रमोद यादव, लुम्बिनी प्रदेश सभा सदस्य रिमा अर्याल, नेपाल बिद्यार्थी संघका उपसभापति मुक्तिराज पौडल, उपसभापति अनिता चौधरी, क्षेत्रीय सभापति मात्रिका यादव, जिल्ला सचिव रामकृष्ण खाँण लगायतले पार्टीलाई मजबुद र गतिशिल बनाउनको लागि भातृ संस्थाहरुलाई पूर्णता दिन सभापति देउवालाई आग्रह गर्नुभएको थियो ।
कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्व, उपसभापति सरिता चौधरीको स्वागत तथा सचिव रामकृष्ण खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





















