राष्ट्रपति विद्यादेवी भण्डारी प्रजातन्त्र दिवस मूल समारोहमा सरिक

खबरपथ संवाददाता
७ फाल्गुन २०७७, शुक्रबार १२:३१

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनु भएको छ ।  हरेक वर्ष फागुन ७ गते आजैका दिन नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित रहको थियो । सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवसअङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवा समेत उडाइएको थियो ।

त्यस अवसरमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट लगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएको थियो ।

समारोहमा विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा राष्ट्रिय गीतका धुनहरुसहितको साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*