डा. बाबुराम भट्टराई उपचारका लागि दिल्ली प्रस्थान
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।
नेपाल एयरलाइन्सको जहाजमार्फत बिहान साढे ११ बजे भट्टराई दिल्ली प्रस्थान गर्नुभएको सचिवालयले जनाएको छ ।
पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा उहाँका स्वस्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।
न्यूरो–इन्डोक्राइनको ट्युमर भएको आशंकामा चिकित्सकको सल्लाह तथा सिफारिस अनुसार दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार गराउनु हुने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे दिल्ली जानुभएको छ ।





















