१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

खबरपथ संवाददाता
११ फाल्गुन २०७७, मंगलवार १८:५६

काठमाडौँ। सर्वोच्च अदालतले अबको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ । प्रतिनिधसभा विघटन विरुद्ध परेका रिटमाथि अन्तिम फैसला सुनाउँदै सर्वोच्चले १३ दिन भित्र बैठक बोलाउन आदेश दिएको हो ।

सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेको छ । गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो । दुई महिनाको बहसपछि मंगलबार  फैसला सुनाइएको हो।

संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भएको हो । फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि मंगलबार बसेको संवैधानिक इजलासले अन्तिम फैसला सुनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*