स्वतन्त्र रुपन्देहीको चौथो अधिवेशन सम्पन्न

चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन
खबरपथ संवाददाता
१५ फाल्गुन २०७७, शनिबार ११:२०

बुटवल । स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनको उद्धघाटन गर्दे स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष केबि मसालले पत्रकारिता गर्दा स्वतन्त्र भएर गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । स्वतन्त्र पत्रकार संघका सदस्यहरुले राजनीतिक आस्था राख्न मिल्ने तर सक्रिय रुपमा राजनीतिक पत्रकारिता गर्न नमिल्ने बताउनुभयो । उहाँले पत्रकारिता गर्दा निष्पक्ष गर्नुपर्ने र पत्रकारिताको क्रममा कुन‌ै राजनीतिक दलको दवाव आएमा निडर रहेर काम गर्नुपर्ने सुझाव दिनुभएको छ ।

कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय संस्थापक अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले स्वतन्त्र पत्रकार संघ निकै दुखका साथ स्थापना गरेको बताउदै यो स्थानमा ल्याउन महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाले भन्नुभयो “स्वतन्त्र पत्रकार संघ, पत्रकार महासंघकै संगठन हो तर कुनै राजनितीक पत्रकारिता नगरि स्वतन्त्र, निष्पक्ष र निडरका साथ काम गर्ने पत्रकारहरुको संस्था हो ।” स्वतन्त्र भन्दा वितिक्कै कुनै राजनीतिक आस्था राख्नै नपाउने होइन, मतदान नै गर्न नपाउने भन्ने होइन, निश्चित मापदण्ड अपनाएर राजनीतिक आस्था बोकि चुनावको बेला मतदान गर्न सकिने कुरा उहाले स्पष्ट पार्नुभयो ।

स्वतन्त्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष अनिल पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष केबि मसालको प्रमुख आतिथ्यता तथा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, निवर्तमान महासचिव नवराज पहाडी, नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाईंको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीका अध्यक्ष राजु बन्जाडे,परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, जनपत्रकार संगठन नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, प्रेस युनियन रुपन्देहीका उपाध्यक्ष कविन्द्र नेपाल,अनलाइन खबरका पत्रकार कपिल ज्ञवाली, न्युज २४ टिभिका पत्रकार शिव डुम्रे, लुम्बिनी टिभिका पत्रकार बिष्णु घिमिरे लगायतको उपस्थित रहेको थियो ।

साथै स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान केन्द्रीय कोषाध्यक्ष विरेन्द्र पाण्डे, केन्द्रीय उपाध्यक्ष राजेन्द्र जंग रायमाझी, केन्द्रीय सदस्य सीता दर्नाल, लुम्बिनी प्रदेश उपाध्यक्ष आएन पौडेल, लुम्बिनी प्रदेश कोषाध्यक्ष विमल भट्टराई, प्रदेश सदस्य विवश विष्ट लगायतको उपस्थितमा उद्घाटन सत्रको अौपचारिक कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष चक्रपाणी डुम्रेले स्वागत मन्तव्य राखि सुरु गरिएको अौपचारिक कार्यक्रमको संचालन स्वतन्त्र पत्रकार संघ रुपन्देहीका सचिव मिलन पंगेनीले गर्नुभएको थियोे ।

चक्रपाणी डुम्रेको नेतृत्वमा नयाँ समिति चयन

स्वतन्त्र पत्रकार संघ रुपन्देही जिल्लाको नयाँ कार्यसमिति चयन भएको छ । चक्रपाणी डुम्रेको अध्यक्षतामा नवनिर्वाचित १५ सदस्यीय समिति चयन भएको हो । जसको उपाध्यक्षमा मोहन केसी, महिला उपाध्यक्षमा मनिसा अधिकारी, सचिवमा विनोद विष्ट, सहसचिवमा जीवन परियार, कोषाध्यक्षमा सरु वाग्ले, सहकोषाध्यक्षमा इज्जत कंडेल र अन्य सदस्यहरु गरि १५ सदस्यीय कार्यसमिति गठन भएको छ । साथै रुपन्देहीका १२ सदस्यलाई प्रदेश तथा केन्द्रीय पार्षदमा चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*