नेकपाको विवाद टुंग्याएर छिट्टै निकास दिन्छौं – निर्वाचन आयाेग
काठमाडौं । निर्वाचन आयोगले नेकपाको आधिकारिकता सम्बन्धी विवादको छिट्टै निरुपण गर्ने भएको छ ।
संसद पुनर्स्थापनापछि निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने समयको चाप हटेकाले समयका हिसाबले केही सहजता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
श्रेष्ठले छिट्टै नै निकास दिने बताए । श्रेष्ठ भन्छन्, ‘दलसम्बन्धी विषयमा दर्ता भएको निवेदनमा आयोगबाट अध्ययन, परामर्श भइरहेको छ । यो विषयमा पक्षसँग औपचारिक र अनौपचारिकरुमा छलफल जारी छ ।’
सरकारले पुस ५ गते आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेसँगै आयोगले आन्तरिक तयारलाई तीव्र तुल्याएको थियो । तर सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने निर्णयसँगै निर्वाचनका सम्पूर्ण क्रियाकलाप रोकिसकेको छ ।





















