प्रधानमन्त्री ओलीद्धारा औद्योगिक पार्कको शिलान्यास

खबरपथ संवाददाता
१६ फाल्गुन २०७७, आईतवार १९:२९

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा औद्योगिक पार्कको शिलान्यास गर्नुभएको छ । आइतबार उहाँले  दमकमा ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’को शिलान्यास गर्नुभएको हो ।

दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्ने जग्गामा पहिलो चरणमा ६४ अर्ब रुपैयाँ लगानी गरेर पार्क बन्नेछ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार पार्क २१ सय बिगाहा क्षेत्रफलमा फैलिएको हुनेछ । यसको भौतिक पूर्वाधार ५ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।

चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलपमेन्ट कम्पनी लिमिटेडले पार्क बनाउनेछ । पार्क निर्माणका लागि सन् २०१७ मै चिनियाँ टोलीले स्थलगत अवलोकन गरेको थियो ।

पार्कमा सवारीसाधन, मोबाइललगायतका विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनी स्थापना हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*