भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरूद्धको खोप
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
भारतमा दोस्रो चरणको खोप अभियान सुरू भएकै दिन प्रधानमन्त्री मोदीले पनि आज खोप लगाएको बीबीसी हिन्दीले जनाएको छ । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।
भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं ।’
मोदीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् ।





















