मेलम्चीको पानी आज सुन्दरीजल आईपुग्दै

खबरपथ संवाददाता
२२ फाल्गुन २०७७, शनिबार ०९:१०

काठमाडौँ ।  मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ । १२ दिन अघि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छाडिएको पानी शनिवार सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झारिने भएको हो ।

फागुन १० गते परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा हालिएको पानी २६ किलोमिटर सुरुङ पार गर्दै प्रशोधन केन्द्रमा आइपुगेको हो ।

परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिए पछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि आज अपराह्न ४ बजे सुन्दरीजल जाने कार्यक्रम तय भएको समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए ।

परीक्षण सफल भएसँगै तीन महिनाभित्रै काठमाडौँमा मेलम्चीको पानी उपलब्ध गराउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*