आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड बिहान साढे १० देखि ३ बजेसम्म बन्द हुने

खबरपथ संवाददाता
२३ फाल्गुन २०७७, आईतवार १३:३९

काठमाण्डौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि एक हप्तासम्म दिउँसो बन्द हुने भएको छ। पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि फागुन २९ गतेसम्म दिउँसो सडक बन्द गर्न लागिएको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्ड अन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ।

सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिईन् । अत्यावश्यक सेवाबाहेकका सबै सवारी साधन रोकिने उनको भनाइ छ।

सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ। सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने बताइएको छ। उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*