कांग्रेस सांसदहरुद्धारा अध्यादेशको विरोध गर्दै नाराबाजी

बैठक १० मिनेटका लागि स्थगित
खबरपथ संवाददाता
२३ फाल्गुन २०७७, आईतवार १८:४०

काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको रोस्टम घेराउ गदै नाराबाजी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश संवैधानिक परिषदको मान्यताको प्रतिकुल रहेको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।

तर सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि कांग्रेसले रोष्टम घेराउ गरेर नाराबाजी सुरु गरेको थियो। उनीहरुले अध्यादेश फिर्ता गर भन्दै नाराबाजी गरेका छन् ।

कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*