बुटवलको दियालो फूडल्याण्डमा आगलागी, करिब डेढ करोडको क्षति

खबरपथ संवाददाता
२७ फाल्गुन २०७७, बिहीबार ०९:२९

बुटवल । बुटवलको दियालो फूडल्याण्डमा गएराती आगलागी भएको छ । बुटवल–८ मिलनचोक स्थित दियालो फूडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रराम्भिक अनुमान गरिएको छ ।

मध्यराती करिब साढे १ बजेदेखि लागेको आगो एक घण्टा बढी समय लगाएर नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणका लागि बुटवल उपमहानगर, तिलोत्तमा, सैनामैना, सुद्धोधन, भैरहवा लगायतका गरी ४ वटा दमकल प्रयोग गर्नुपरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले जानकारी दिए ।

मध्यरातमा गस्ती गरिरहेको प्रहरीको टोलीले फूडल्याण्डको मूख्यसडकतर्फ रहेको रेष्टुरेण्ट शाखाको भित्रबाट आगोको लम्काहरु देखेपछि तत्काल सम्बन्धित पक्षलाई खबर गरी नियन्त्रणमा लागेको थियो । रेष्टुरेण्ट शाखाको माथिल्लो तल जलेर पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा सामान्य क्षति भएको फूडल्याण्डका सञ्चालक शंकर न्यौपानेले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*