महाशिवरात्रि पर्व : आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदै

खबरपथ संवाददाता
२७ फाल्गुन २०७७, बिहीबार १०:२२

काठमाडौँ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ ।

आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

हिन्दु धर्मावलम्वीहरूको आस्थाको केन्द्र पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको भीड छ । भगवान शिवको दर्शनका लागि अधिकांश दर्शनार्थीहरू मास्क लगाएर लाइनमा बसेका छन् ।

भक्तजनको सुविधाका लागि बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

त्यसैगरी रूपन्देहीका शिवालय मन्दिरहरुमा बिहानै देखि भक्तजनहरुको घुईचो लागेको छ । पाल्पाको सिद्धबाबामा विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको धामका अध्यक्ष दलबहादुर गुरूङले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*