सेना दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम

खबरपथ संवाददाता
२७ फाल्गुन २०७७, बिहीबार १६:२२

काठमाडौँ ।  सेना दिवसका अवसरमा नेपाली सेनाले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, उपराष्ट्रपति नन्दकिशोर पुन लगायत सहभागी थिए ।

विशेष समारोहमा सैनिक टोलीले विविध वेशभूषा झल्किने गरी कला प्रदर्शन गरेको छ । नेपाली सेनाले २०४७ बाट महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*