मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १० जना घाइते
हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रिबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने दुर्घटनामा १० जना घाइते भएका छन् ।
शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।
बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





















