राष्ट्रपतिले बोलाईन् सर्वदलीय बैठक
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको छ । सर्वदलीय बैठक मंगलबार अपरान्ह ४ बजे बस्न लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।
सर्वदलीय बैठकमा नेकपा (एमाले) , नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टीलाई बोलाईएको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूलाई शितल निवासमा बोलाइएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।





















