फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
खबरपथ संवाददाता
३ चैत्र २०७७, मंगलवार २१:२७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।
हवाई ईन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ । पछिल्ला महिनामा सरकारले पटक-पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै आएको छ ।





















