रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

खबरपथ संवाददाता
६ चैत्र २०७७, शुक्रबार १९:५७

काठमाडौँ। रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल निवासी अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको जनाएको छ । बडालले आइतबार सपथग्रहण गर्ने बताइएको छ ।

आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिनुभएको थियो । खरेलको राजीनामा स्वीकृत भए लगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस हुनुभएको हो । बडाल नेपाल बार एसोसिएसनको उपाध्यक्ष समेत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*