भारतमा कोरोनाबढेपछि नेपालमा भीडभाड हुने गतिविधी नगर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

खबरपथ संवाददाता
८ चैत्र २०७७, आईतवार १९:५६

काठमाडौँ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नेपालमा पनि सरकारले स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।

नेपालमा समेत संक्रमण बढ्‍न सक्‍ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ । प्रवक्ता डा.जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिक र भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोग लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*