जिपी कोइराला फाउण्डेसनको लुम्बिनी प्रदेश संयोजकमा पाण्डे

खबरपथ संवाददाता
८ चैत्र २०७७, आईतवार २०:४२

बुटवल । गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्टको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे मनोनित हुनुभएको छ ।

फाउण्डेसन संचालक समितीको चैत्र ३ गतेको निर्णय बमोजिम फाउण्डेसनले लुम्बिनी प्रदेश संयोजकमा नेपाली काँग्रेस बुटवल नगर सभापति समेत रहनुभएका पाण्डेलाइ मनाेनित गरेको हाे ।

पाण्डे २ बर्षको कार्यकालका लागि मनाेनित हुनुभएको हो ।

‘यस फाउण्डेसनको विधानमा उल्लेखित लक्ष्य तथा उदेश्यहरु प्राप्ती गर्ने सम्बन्धमा तपाई र तपाईको संयोजकत्वमा रहने प्रदेश समितीका सदस्यहरु, इमान्दार तथा कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु । तपाई र तपाईको समितीको सफल कार्यकालको हार्दिक शुभकामना समेत व्यक्त गर्दछु ।’

गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाद्धारा हस्ताक्षरित मनाेनयन पत्रमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*