प्राज्ञिक विद्यार्थी परिषद्को एक संकल्प राष्ट्रका लागि एवं राष्ट्रका लागि युवा विषयमा प्रशिक्षण सम्पन्न

खबरपथ संवाददाता
८ चैत्र २०७७, आईतवार २१:४९

बुटवल । प्राज्ञिक विद्यार्थी परिषद्द्धारा आयोजित एक संकल्प राष्ट्रका लागि एवं राष्ट्रका लागि युवा विषयमा प्रशिक्षण  सम्पन्न भएको छ । शनिबार प्राज्ञिक विद्यार्थी परिषद् सिद्धार्थनगर नगर इकाई समितिको आयोजनामा रुपन्देहीको भैरहवामा प्रशिक्षण सम्पन्न भएको हो ।

परिषद्का नगर अध्यक्ष नारायण प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ प्रहरी उपरीक्षक एस. एस. पी. सुशील कुमार यादवले समाज राष्ट्रलाई परिवर्तन गर्नका लागि युवाहरू नै एक भएर अगाडी बढ्नु पर्ने र जसरि प्रहरीले आफूले राष्ट्र सेवा गर्न लिएको प्रतिज्ञालाई सम्झेर दिन-रात सेवा प्रदान गर्दछ तेसरि नै राष्ट्रका हरेक युवाले एक संकल्प राष्ट्रका लागि गर्नुपर्ने कुरामा जोड दिदै समाजका हरेक समस्यालाई सुधार गर्नका लागि युवाहरूलाई आवान गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि सामाजिक ब्यक्तित्व राजकुमार गुरुङले परिषद्को गतिविधि एवं कार्यक्रमहरू युवाहरूका लागि अति नै आवश्यक रहेको र यस्तै सामाजिक संगठनले नै देशको अवस्थालाई परिवर्तन गर्न सक्ने युवा उत्पादन गर्दछ भन्दै विश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा परिषद्का लुम्बिनी प्रदेश संगठन सचिव मरासिनीले सम्पूर्ण संगठनका गतिविधि एवं कार्यको बिषयमा प्रकाश पारेका थिए।
त्यस्तै कार्यक्रमका संयोजक बद्री प्रसाद भट्टराईले मातृत्व, मातृभुमी र मातृभाषाको बारेमा युवाहरू जानकार हुनु पर्ने र युवा शक्तिलाई राजनीतीबाट माथि रहेर स्वतन्त्र रूपमा राष्ट्रिय चिन्तनमा अगाडी बढ्दै नयाँ खोज , अनुसन्धान र सर्वोपरि हितका लागि काम गर्न सिकाउने बातावरणको सृजना परिषद्ले गरिरहेको बताएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष विकास श्रेष्ठले विद्यार्थीहरूलाई बिभिन्न ब्यबहारिक कुराहरू , दैनिक जीवनयापन सम्बन्धि आवश्यक महत्वपूर्ण विषयहरूमा प्रशिक्षण गराएका थिए, भने राष्ट्रका लागि युवा विषयमा परिषद्का राष्ट्रिय सह-संगठन सचिव रमेश कँडेलले राष्ट्र प्रथम भावका साथ युवाहरूले जुन दिनबाट काम गर्न थाल्दछन, तव मात्र देशको अबस्था परिवर्तन हुनेछ भन्दै राष्ट्र निर्माणका आधार स्तम्भ युवाहरू समस्या र आलोचना गरेर हैन सकरात्मक चिन्तन ,रचनात्मक कार्य र सेवाको भावले ओतप्रोत हुनुपर्ने बताए । युवाहरूमा पार्टिगत विचार ध्वंसात्मक गतिविधि र ब्यक्तिगत स्वार्थ हावि भएको कारण आज देशको अबस्था पछाडि परेको कुरा बताए । कंडेलले राष्ट्र निर्माणको आधार भनेको असल चरित्र र राष्ट्रप्रेम भएको युवा नै हो तसर्थ युवाहरू समृद्ध र आदर्श राष्ट्र पुनर्निर्माणमा आफ्नो दायित्व पुरा गर्ने संकल्प लिएर अगाडि बढ्नुपर्ने विषयमा कंडेलले जोड दिएका थिए।

कार्यक्रममा परिषद्का राष्ट्रिय सचिव बाबुराम मरासिनी, प्रदेश उपाध्यक्ष कमल कोइराला , प्रदेश उपाध्यक्ष बिकास श्रेष्ठ ,नगर सचिव आशिष कुमार भुजले बोलेका थिए ।  परिषद्का अध्यक्ष नारायण प्रसाद कोइरालाको स्वागतमा सम्पन्न कार्याक्रमको संचालन परिषदकी सदस्य वन्दना पाण्डेले गरेकी थिईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*