राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
सोमबार विदेशमन्त्री डा। मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज ढाका पुग्नुभएको हो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट ढाका पुग्नुभएको राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारी सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछिन् । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ ।





















