निरीक्षण तथा अध्ययनको लागि संसदीय समिती लुम्बिनी क्षेत्रमा
भैरहवा । बृहत्तर लुम्बिनी क्षेत्रका राष्ट्रिय महत्वका दस्ताबेजका स्थलगत निरीक्षण तथा अध्ययनको लागि संसदीय समिती लुम्बिनी क्षेत्रमा आइपुगेको छ ।
संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितीले लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम क्षेत्रमा रहेका विभिन्न अभिलेष तथा दस्तावेजहरुको अध्ययन तथा निरीक्षण गरिरहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।
समितीका सभापति रामनारायण विडारीको नेतृत्वमा सांसदहरु गोपाल भट्टाराई, तुलसा कुमारी दाहल र नैनकला ओझा तथा उपसचिव कमला शाक्य सहितको संसदीय टोलि लुम्बिनी क्षेत्रमा आएको हो ।
समितीले अशोक स्तम्भमा रहेको अभिलेष तथा अन्य दस्ताबेजहरुको अध्ययन गरिरहेको छ । समितीले विकास कोषका पदाधिकारीसँग समेत छलफल तथा अन्तरक्रिया गरेको छ ।
समितीले प्रारम्भीक रुपमा लुम्बिनी विकास कोषको पुस्ताकालय र संग्रहालयको स्तरोन्नती र प्रभावकारी व्यवस्थापन जरुरी रहेको निश्कर्ष निकालेको समितीका सभापति बिडारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुस्ताकालयको स्तरोन्नती र कोषको संग्रहालयको प्रभावकारी व्यवस्थापन आवश्यक देखियो । यसैगरी विद्यमान संरचनाको रेखदेख तथा गुरुयोजना अनुसारको काम समयमै सम्पन्न गर्न चालु पूँजिको अभाव देखियो । ‘
समितीको टोलि यतिबेला तिलौराकोट क्षेत्रमा रहेको छ ।





















